News Category 2077/09/11

राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 

दैनिक समाचारदाता

राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 

    राजविराज÷राजबिराज ७ स्थित राजरंगशालाको प्यारापिट मूनी बसोवास गर्दै आएका असहाय तथा सुकुम्बासी परिवारलाई सितलहरबाट जोगिन शनिबार राहतका सामग्री बितरण गरिएको छ । 
    मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन नेपाल (हुर्क) तथा माडवाडी महिला मंचको सहयोगमा प्यारापिट मुनि बस्दै आएका १५ जना गरिव असहाय परिवारलाई राहत बितरण गरिएको हो । 
    बितरण गरिएको सामग्रीमा कम्बल एक थान, चामल १५ केजी, ५ केजी गहँुको पिठो, मास्क, सेनिटाईजर, साबुन दुई थान बितरण गरिएको हुर्क नेपालका कार्यक्रम संयोजक रिया राय संचेतीले जानकारी दिएका छन् । 
    राजबिराज वडा ५ का वडा सदस्य पार्थाे सरकारको अध्यक्षतामा आयोजित सहायता केन्द्र कार्यक्रम अन्तर्गत राहत बितरण कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति शंभुलाल देव, माडवाडी सेवा निलम कुचेरपया, उपाध्यक्ष शारदा कावरा, सहसचिव सरिता सिँघी लगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट