News Category 2077/09/12

प्रतिनिनिधीसभा विघटन बिरुद्ध जसपाको प्रदर्शन

दैनिक समाचारदाता

प्रतिनिनिधीसभा विघटन बिरुद्ध जसपाको प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
    प्रतिनिधि सभा विघटनको बिरोधमा जनता समाजवादी पार्टी नेपाल सप्तरीले आइतबार पनि बिरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । 
    जसपाले आइतबार बृहत बिरोध प्रदर्शन गरेको हो । यसअघि शुक्रबार प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन तथा शनिबार मसाल जुलुस प्रदर्शन गरेको थियो । 
    स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुस प्रधानमन्त्री तथा राष्ट्रपति बिरुद्ध चर्को नाराबाजीका साथै प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै बजार क्षेत्र परिक्रमा गरेको थियो । 
    नगर परिक्रमा पश्चात् जसपा नेता केदार यादवको अध्यक्षतामा आयोजित बिरोधसभालाई राष्ट्रिय सभाका सदस्य मृगेन्द्र कुमार सिंह यादव, विघटित प्रतिनिधिसभा सदस्य रेणु यादव, प्रदेश २ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, यूवा नेता किशोर कुमार यादवलगायतले बोल्दै प्रतिनिधिसभा पुर्नस्थापना नभएसम्म विभिन्न चरणमा आन्दोलन जारि रहने बताएका थिए ।     

प्रतिकृया दिनुहोस

ताजा अपडेट