News Category 2070/03/13

आधारभुत पत्रकारिता तालिम शुरु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ असार ।

राजविराजमा बुधबारदेखि पाँच दिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ ।

जिल्ला विकास समिति सप्तरीको सहयोगमा राजविराजबाट प्रकाशित हुँदै आएको छिन्नमस्ता साप्ताहिकको आयोजनामा तालिम शुरु भएको हो ।
तालिमको एक कार्यक्रमकाबीच प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै झाले पत्रकारितासँग आमजनताको अपेक्षा बढ्दै गएका कारण पत्रकारहरुले निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड् दिनुभयो ।
छिन्नमस्ता साप्ताहिकका प्रकाशक कमानन्द माझीको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन सत्रमा बरिष्ठ पत्रकार शिबहरि भट्टराई, नेपाल पत्रकार महासंघका पार्षदद्वय मनोहर पोखरेल, हेमशंकर सिंह, क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, तालिमका प्रशिक्षक बिजयकुमार मिश्र, राजन भट्टराई लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
असार १६ गते सम्म सञ्चालन हुने तालिममा सप्तरीका बिभिन्न गाविसका ४२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट