News Category 2077/10/05

आगलागी चार घर नष्ट, बीस लाखको क्षति

दैनिक समाचारदाता

आगलागी चार घर नष्ट, बीस लाखको क्षति

दैनिक समाचारदाता

राजविराज, ५ माघ ।
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित सकरदही टोलमा आइतबारराती भएको आगलागीमा चार घर जलेर नष्ट भएको छ । 
    स्थानिय जगन सुतिहारको गाइगोठबाट सुरु भएको आगलागीमा निजको घरसहित छिमेकी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको गरि चार घर जलेर नष्ट भएको वडा अध्यक्ष संतोष गोइत यादवले जानकारी दिएका छन् । 
    राती खाना खाएर सुतेको बेला अचानक सल्केको खाद्यान्न, लताकपडा, नगद जिन्सी र भडाकुडा गरि करिब २० लाख मुल्य भन्दा बढीको क्षति भएको वडा अध्यक्ष यादवले बताउ । 
    स्थानियबासी, हनुमाननगरबाट गएका बरुणयन्त्र तथा सशस्त्र प्रहरी बल भारदह र नेपाल प्रहरीको टोलीले अगोलाई नियन्त्रणमा लिएको थियो । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट