News Category 2077/10/05

संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन

दैनिक समाचारदाता

संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
    संसद विघटन बिरुद्ध सोमबार सप्तरीमा नेकपाको दाहाल–नेपाल समूहले बिरोध प्रदर्शन गरेको छ । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदम चालेको भन्दै सो बिरोध प्रदर्शन गरिएको हो । 
    स्थानिय शिव मन्दिरको प्राङ्गणबाट टाउकोमा कालो पट्टी बाधेर निस्केको बिरोध जुलुसमा सहभागि नेता कार्यकर्ताले प्रतिनिधिसभा पुर्नस्थापनाको मागका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गरेका थिए । 
    प्रदर्शनपछि संघर्ष समिति राजविराज नगर कमिटिका संयोजक केदार देवको अध्यक्षतामा आयोजित कार्यक्रमलाई पूर्वमन्त्री उमेश यादव, प्रदेश कमिटि सदस्य महेश यादव, केन्द्रिय सदस्य मो. गणि, जिल्ला इन्चार्ज अशोक कुमार मण्डल लगायतले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चालेको गलत कदम आन्दोलनबाटै सच्याउन बाध्य पार्ने चेतावनी समेत दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट