News Category 2077/10/06

राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते

दैनिक समाचारदाता

राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते

दैनिक समाचारदाता
राजविराज, ६ माघ । 
    विराटनगरबाट राजविराजतर्फ आउँदै गरेको माइक्रो र मोटरसाइकल एकआपसमा ठोकिदा भएको दुर्घटनामा मंगलबार तीन जनाको मृत्यु भएको छ । घटनामा आधा दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् । 
    बिराटनगरबाट राजविराजतर्फ आउदै गरेको प्रदेश १–०२–११०ज.३८६८ नम्वरको माइक्रो तथा विपरित दिशाबाट आउँदै गरेको को.३४प. ४६९४ नम्वरको मोटरसाइकल एकआपसमा ठोकिदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । 
    दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका ३ का ४४ वर्षिय विर्ख मण्डल तथा माइक्रोका सहचालक राजविराज नगरपालिका १ निवासी २२ वर्षिय शंकर यादव तथा सोही माइक्रोमा सवार एक महिलाको मृत्यु भएको छ । यद्दपी ती महिलाको पहिचान खुल्न सकेको छैन् ।
    दुहवी नगरपालिका १० सिमरियास्थित सडकखण्डमा भएको दुर्घटनामा विराटनगरका ५२ वर्षीय जय नारायण यादव, सप्तरीको मन्सापुरकी ६० वर्षीया ईन्द्रमला देवी, राजविराज ७ का १४ वर्षीय निरज यादव, ३८ वर्षीय सुरेश मण्डल लगायत घाइते भएका छन् ।
    यस्तै सुनसरीको ईनरुवा ८ गणेशपुरका ५२ वर्षीय चन्द्र मेहता, भोक्राहाका १९ वर्षीय प्रशान्त यादव, प्रकाशपुरका २३ वर्षीय भरत यादव घाइते भएका छन् । 
    घाइते सबैको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरी श्रोतले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट