News Category 2077/10/06

दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 

दैनिक समाचारदाता

दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 

दैनिक समाचारदाता
राजविराज, ६ माघ । 
    सप्तरीको दुई वटा पालिका जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । 
    जिल्लाको कंचनरुप नगरपालिका र तिरहुत् गाउँपालिका जोड्ने सुन्दरी खोलामा पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र परेको हो । 
    आ.ब. २०७१÷०७२ देखी पुल निर्माण कार्य सुरु गरि आ.ब. २०७३÷०७४ मा सम्पन्न गरिसक्नु पर्नेमा हालसम्म पनि सो कार्य पुरा हुनसकेको छैन् । 
    सडक डिभिजन लहान कार्यलाय सिरहामार्फत ठेक्का पाएका निल गिरी कन्स्ट्रक्सनले तीन वर्षमा पुल निर्माण सम्पन्न गर्नुपर्ने तर, सात बर्षमा पनि पुल निर्माण गर्न सकेका छैन् । 
    पुल निर्माण कार्य सम्पन्न नहुँदा बाढीको समयमा स्थानियलाई जोखिमपूर्ण तरिकाले खोला तर्नु पर्ने समस्या हुने गरेको छ । 
    बरमझिया र कंचनपुरबाट पश्चिम भएर तिरहुत गाउँपालिकातर्फ जाने बाटोमा पर्ने सुन्दरीखोलामा पुल निर्माण नहुदा तिरहुतको पिपराही, गोइठी, मैनाकडेरी र धनपुरी गाउँका करिब दुई हजार ५ सय जनतालाई कंचनपुर बजार आवतजावत गर्न समस्या हुने गरेको स्थानियबासी मुकेश यादवले बताएका छन् ।
    यस्तै बिरामी परेको बेला खोलापार गर्न स्थानियलाई निकै कठिनाई हुने गरेको तथा यस विषयमा पटक पटक सम्बन्धित निकायलाई जानकारी गराइए पनि कुनै सुनुवाई हुन नसकेको स्थानिय गोपाल गुप्ताले गुनासो गरे ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट