News Category 2077/10/07

बिष्णु महायज्ञको धोजारोहन

दैनिक समाचारदाता

बिष्णु महायज्ञको धोजारोहन

दैनिक समाचारदाता
राजविराज, ७ माघ । 
    सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेनामा बुधबारदेखी श्री सीता राम नाम जप संकृतन महायज्ञ तथा बिष्णु महायज्ञको धोजारोहन गरिएको छ । 
    जगतानन्द दास (पगला बबा) को प्रमुख अतिथ्य तथा प्रदेश २ का उद्योग पर्यटन राज्यमन्त्री सुरेश मण्डलले महायज्ञको धोजारोहन गरेका हुन् । 
    हनुमान आराधनाका केन्द्रीय संरक्षक केशारी महतो, पुर्ब जिल्ला सभापति दिनेश कुमार यादव, गाउँपालिका अध्यक्ष परमानन्द यादबलगायत स्थानियहरुको उपस्थिती रहेको महायज्ञका संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिएका छन् । 
    संयोजक मण्डलका अनुसार विष्णु महायज्ञ आगामी चैत २ गतेदेखी सुरु हुनेछ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट