News Category 2077/10/07

प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो

दैनिक समाचारदाता

प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो

दैनिक समाचारदाता
राजविराज, ७ माघ । 
    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार भएको बताएका छन् । 
    असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारि कदम खारेजको माग गर्दै जसपाले बुधबार राजविराजमा आयोजना गरेको जनप्रदर्शन एवं बिरोध कार्यक्रममा अध्यक्ष यादवले सो कुरा बताउँदै सो असंबैधानिक कदम नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने उल्लखे गरे । 
    आफूहरुले संविधान विभेदकारी रहेको भन्दै आन्दोलन गरेको बेला गोली ठोकेर संविधान जारि गर्ने मतियार मध्येका एक प्रधानमन्त्री रहेकाले अहिले संविधान कुल्चिनुले संविधानमा त्रृटी कमजोरी रहेको प्रमाणित भएको उनको भनाई छ । 
    अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता परिवर्तनका उपलब्धी बिरुद्ध रहेका भन्ने कुरा उनीद्वारा संविधान मिचेर जननिर्वाचित संसद भंग गर्नुले प्रमाणित भएको जिकिर समेत उनले गरे । 


    प्राप्त उपलब्धीको जगेर्ना गर्दै थप अधिकारका लागि संघर्षरत रहनु अहिलेको आवश्यकता हो भन्दै उनले पाएको अधिकारको पहिले जगेर्ना गर्नुपर्छ बाकी अधिकारका लागि लडाई जारि रहने उदघोष समेत गरे । 
    यस्तै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान उल्घंन गरेर प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिन पुगेको बताएका छन् । आन्दोलनबाटै सरकारलाई ठीक पार्नुको विकल्प नरहेको उनको भनाई छ । 
    चार वर्षअघि सप्तरीको मलेठमा ओलीकै आमसभामा पाँच जना मधेशीको सहादत भएको भन्दै उनले प्रधानमन्त्री पहिला मानव हत्यारा थिए अहिले संविधानको समेत हत्यारा बन्न पुगेको बताए । मधेशी, आदिवासी, सिमांकृत वर्गको असहमति रहदा रहदै ओली लगायतकै जोडबलमा संविधान लागु गरिएको भन्दै उनले अहिले ओलीद्वारा नै संविधानको हत्या समेत भएको उल्लेख गरे । 
    मुलुकको समस्या प्रतिनिधिसभा पुर्नस्थापना र निर्वाचनबाट मात्र सम्भव नभई संविधानमै संशोधन गर्न जरुरी रहेको बताउँदै नेता महतोले अब ओली सरकारलाई पतन गराएर मात्र त्यो सम्भव हुने अवस्था आएको जिकिर गरे ।  
    बिरोधसभा अघि गाउँ गाउँबाट आएका हजारौंको संख्यामा नेता कार्यकर्ताहरुले प्रतिनिधिसभा विघटनको असंबैधानिक कदम खारेज गर, सर्वसत्तावादी कदम मुर्दावादका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । 
    बृहत बिरोधसभालाई जसपाका कार्यकारिणी सदस्य रेणु यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, प्रदेशसभा सदस्य मनिष सुमन लगायतले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट