News Category 2077/10/08

काँग्रेसको बिरोध कार्यक्रम सम्पन्न

दैनिक समाचारदाता

काँग्रेसको बिरोध कार्यक्रम सम्पन्न

दैनिक समाचारदाता
राजविराज, ८ माघ । 
    संसद विघटनको बिरोधमा चरणबद्ध आन्दोलन गर्दै आएको नेपाली काँग्रेसले बिहीबार वडा स्तरमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।
    सप्तरीको सबै १ सय ६४ वटै वडामा बिहीबार संसद विघटनको प्रदर्शन गरिएको काँग्रेस सप्तरीका दिनेश कुमार यादवले जानकारी दिएका छन् । 
    काँग्रेसका केन्द्रिय सर्कुलर अनुसार पहिलो चरणमा प्रतिनिधिसभा सदस्य, दोश्रो चरणमा प्रदेशसभा क्षेत्र तथा तेश्रो चरणमा पालिकास्तरमा बिरोध कार्यक्रम गरिसकेको जानकारी दिँदै सभापति यादवले चौथो चरणमा वडास्तरमा कार्यक्रम गरि आन्दोलनलाई निरन्तरता दिइएको बताए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट