News Category 2077/10/08

नेकपा प्रचण्ड नेपाल समुहका सात जना पक्राउ

दैनिक समाचारदाता

नेकपा प्रचण्ड नेपाल समुहका सात जना पक्राउ

दैनिक समाचारदाता
राजविराज, ८ माघ । 
    प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गर्न लागेको मोटरसाइकल ¥यालि बिथोल्ने आशंकामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।     राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका नेकपा प्रचण्ड नेपाल समूहका सात जनालाई सोही स्थानबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । 
    प्रचण्ड–माधव समूहका नेता उमेश यादवले असंवैधानिक कदमको बिरुद्वमा नारा जुलुस लगाएकै भरमा पक्राउ गर्नु तानाशाही भएको बताउँदै पक्राउ परेकालाई रिहा गर्न उनले माग समेत गरे । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट