News Category 2077/10/09

तीन सय परिवारलाई जाडो राहत सामग्री बितरण 

दैनिक समाचारदाता

तीन सय परिवारलाई जाडो राहत सामग्री बितरण 

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।    
    कोभिड १९ महामारीसंगै जाडोयाम र शीतलहर प्रकोपको समयमा बढी प्रभावित हुने परिवारहरुलाई विभिन्न जाडो राहत सामाग्रि बितरण गरिएको छ । 
    अतिविपन्नमा परेका दलित, जनजाती, गर्भवती, सुत्केरी महिला एवं अपाडंगता भएका परिवारको पहिचान गरि सप्तरीको कंचनरुप नगरपालिका वडा नं. १, २, ४, ५, ७, ९, १० का तीन सय प्रभावित घरपरिवारहरुलाई ती राहत समाग्रि बितरण गरिएको हो । 
    कोशी पीडित समाज सप्तरी र अक्सफाम नेपालको संयुक्त साझेदारीमा संचालित स्वच्छताको लागी व्यवहार परिवर्तन परियोजना अन्तरगत यूके एड युनिलिभरको आर्थिक सहयोगमा ती सामाग्रिहरु बितरण गरिएको संस्थाका कार्यकारी निर्देशक देवनारायण यादवले जानकारी दिएका छन् । 
    बितरण गरिएको सामाग्रिहरुमा डबल साइजको खोल भएको फाइवर सिरक एक थान, उनीको साँल एक थान, पानी तताउने स्टीलको जग एक थान र सानो प्लास्टिकको झोला एकथान रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट