News Category 2077/10/09

सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य

दैनिक समाचारदाता

सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य

दैनिक समाचारदाता
राजविराज, ९ माघ । 
    शुक्रबारसम्ममा सप्तरी जिल्लामा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । 
    दुई जनाको पिसिआर रिपोर्ट शुक्रबार नेगेटिभ आएपछि जिल्लामा एकजना पनि संक्रमित नरहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो समयमा जिल्लाभरि १३ वटा क्वारेन्टाइन र ७ वटा संस्थागत आइसोलेशन रहेकोमा    आशंकित र संक्रमितहरु एउटै पनि बाकी नरहदा ती सबै आइसोलेशन र क्वारेन्टाइन खाली भएको छ ।
    जिल्लामा हालसम्म २१ हजार १ सय ६८ जनाको स्वाब परिक्षण गरिएकोमा १९ हजार ३ सय ९९ नेगेटिभ तथा १ हजार ८ सय ३० जना पोजेटिभ आएको र ती मध्येका ४१ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट