News Category 2077/10/10

गजेन्द्र नारायण सिहको पुण्य तिथिमा क्रिकेट प्रतियोगिता 

दैनिक समाचारदाता

गजेन्द्र नारायण सिहको पुण्य तिथिमा क्रिकेट प्रतियोगिता 

    राजबिराज÷गजेन्द्र नारायण सिंहको १९ औ पुण्य तिथिको अवसर पारेर शनिबार गजेन्द्र नारायण स्मृति टि २० क्रिकेट प्रतियोगिताको एक कार्यक्रम बिच उदघाटन गरिएको छ ।
    तिलाठी कोईलाडी गाउपालिकाको आयोजनामा तेस्रो सिजन अन्तर्गत माघ १४ गते देखि उक्त प्रतियोगिता संचालन हुँदैछ । शनिबार आयोजित कार्यक्रममा गाउपालिका अध्यक्ष सतिश कुमार सिंहले खेल संचालनका लागि ब्याट, बल, ड्रेस प्रदान गरेका छन् ।
    प्रतियोगिताका लागि तिलाठी कोईलाडी गाउपालिकाले गाउस्तरमा क्रिकेट खेलाडी उत्पादन सँगै खेलकुदको बिकासका लागि वडा स्तरिय प्रतियोगिता गर्न लागेको गाउपालिका अध्यक्ष सिंहले बताए । 
    सो अवसरमा गाउपालिका उपाध्यक्ष सुचिता कुमारी यादबले खेलाडीको उत्पादन तथा खेलकुद बिकासको लागी शिक्षा र खेलकुद सँगै सँगै बढाउनु पर्नेमा जोड दिइन् ।
    तिलाठी गाउपालिका वडा ७ का वडा अध्यक्ष गुलाव सिँहको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, वडा ३  अध्यक्ष मनोज चौधरी, वडा ४ अध्यक्ष गोपी मण्डल, वडा ६ का अध्यक्ष गोबिन्द यादब, वडा ८ का अध्यक्ष लक्ष्मी, राष्ट्रिय प्रशिक्षक राजकुमार दास, सप्तरी क्रिकेट सँघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, निरज सिँह लगायतले शुभकामना दिएका थिए भने कार्यक्रमको संचालन राजेश झाले गरेका थिए ।
    सो प्रतियोगिता कोईलाडी गाउपालिका वडा ७ स्थित लवनमाबि बभनगमाकटी खेलमैदानमा पहिलो खेल कोईलाडी  र तोपा बिच हुने वडा गोी मण्डलले जानकारी दिएका छन । यता गाउस्तरमा खेलाडी उत्पादनका लागि सबै वडामा सम्भाबित खेलाडी उत्पादनका लागि सबै वडा टिम बनाउन प्रशिक्षण समेत दिइदै छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट