News Category 2077/10/11

माघ १३ गते सत्तापक्षिय नेकपाको शक्ति प्रदर्शन

दैनिक समाचारदाता

माघ १३ गते सत्तापक्षिय नेकपाको शक्ति प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
    नेकपा सत्ता पक्षले माघ १३ गते राजविराजमा शक्ति प्रदर्शन गर्ने भएको छ । नेकपा (ओली समूह) प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि माघ १३ गते जनसभाको आयोजना गर्ने जानकारी दिएका छन् । 
    पत्रकार सम्मेलनमा जनसभामा उपप्रधानमन्त्री इश्वर पोखरेलका साथै सहरी विकास मन्त्री प्रभु साह, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, महिला बालबालिका मन्त्री जुली महतो, प्रदेश सचिव सुमन प्याकुरेल र रघुबिर महासेठ समेत सहभागि हुने उनले जानकारी दिए । पत्रकार सम्मेलनमा पूर्वउपसभामुख एवं केन्द्रिय सदस्य गंगाप्रसाद यादवसमेत सहभागि थिए । 
    उक्त जनसभालाई भव्यरुपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पुरा भएको पार्टीका जिल्ला प्रवक्ता समेत रहेका केन्द्रिय सदस्य सुखराम यादवले जानकारी दिए ।
    यसअघि राजविराजमा माघ ८ गते यूवा संघ नेपालका केन्द्रिय इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यमा यूवाहरुको ¥याली तथा प्रदर्शन र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट