News Category 2077/10/13
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान

दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको बिरुद्धमा उत्रेका प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।
नेकपा सप्तरी (ओली समूह) द्वारा मंगलबार सप्तरी सदरमुकाम राजविराजस्थित राजरंगशालामा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो आह्वान गर्नुभएको हो ।
पार्टी फुटाउन प्रयास गरेका प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री ओलीमाथी लगाइएको निराधार आरोप फिर्ता लिएर आगामी निर्वाचनमा मिलेर जान तयार भए समस्याको निकास निस्किन सक्ने समेत उहाँले बताउनुभयो ।
निर्वाचन आयोगले हालै गरेको निर्णयबाट प्रथम अध्यक्ष केपी ओली, द्वितीय अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल रहेको पार्टी नै आधिकारीक हुने उल्लेख रहेको भन्दै उहाँले आफूहरुको पार्टीले नै चुनाव चिन्ह सूर्य छाप पाउने तथा निर्वाचनमा उम्मेदवारीका लागि केपी ओलीद्वारा हस्ताक्षरित पत्र नै आधिकारीक हुने दाबी गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड र माधव नेपालले उक्त सल्लाह नमाने उहाँहरुको भविष्य पनि सुनिश्चित नहुने समेत उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभाको गत निर्वाचनमा केपी ओलीको नाममा भोट मागेको र विकास तथा समृद्धिको प्रतिबद्धता गरेकोमा दुई वर्ष नपुग्दै प्रधानमन्त्रीलाई धक्का मारेर हटाउने षडयन्त्रमा प्रचण्ड लागेको उहाँको आरोप थियो ।
मैथिली भाषामा सम्बोधन गर्नुहुँदै उहाँले राजविराजमा वरिष्ठ गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंहको नाममा स्थापना हुने रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास प्रधानमन्त्री ओलीबाटै चाडै हुने जानकारी पनि दिनुभयो ।
यसैगरि राजविराज औद्योगिक क्षेत्रको स्तरोन्तरीका लागि पनि सरकारले तयारी गरिरहेको भन्दै उहाँले कोरोनाका कारण लामो समयदेखी बन्द रहेको नाकाहरु समेत छिट्टै सूचारु गर्ने मन्त्रीपरिषदले निर्णय समेत गरिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा सहरी विकास मन्त्री प्रभु साहले प्रचण्ड पद बिना एक मिनेट पनि बाच्न नसक्ने स्वभावका रहेको भन्दै सत्ता र पदकै लागि पार्टी फुटाउने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो । प्रचण्ड जी ३० वर्षदेखी नियमित पदमै बसिरहेको मानिस हुनुहुन्छ र अहिले पनि पद र सत्ताकै लागि पार्टीमा भाडभौलो मचाउनु भएको उहाँले आरोप लगाउनुभयो ।
नेकपा सप्तरी (ओली समूह) का संयोजक ताराकान्त चौधरीको अध्यक्षतमा आयोजित बृह भेलालाई कानु मन्त्री लिलानाथ श्रेष्ठ, महिला बालबालिका मन्त्री जुली महतो, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सचिवालय सदस्य रघुबिर महासेठ, केन्द्रिय सदस्य सुखराम यादव, रन्जु ठाकुर, ज्वाला साह लगायतले पनि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबी गर्नुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका दुई दर्जन नेता कार्यकर्तालाई प्रमुख अतिथि पोखरेलले फुलमाला अविर लगाई स्वागत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/11/20 करोडौं रकम लिएर फरार व्यापारी दाजुभाई बिरुद्ध प्रहरीमा उजुरी दिनेको ओइरो
- 2077/11/20 तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
- 2077/11/19 सप्तरीका चर्चित व्यापारी तथा आइएमई संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार
- 2077/11/19 राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय
- 2077/11/19 आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग
- 2077/11/17 श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
- 2077/11/17 कुबेर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा
- 2077/11/17 ५६ बर्षपछि डाकाँ र जालसाज मुद्दाका फरार अभियुक्त पक्राउ
- 2077/11/16 चन्द समूहका जनसत्ता प्रमुखसहित तीन नेता पक्राउ
- 2077/11/16 गरिबीका कारण उपचार गराउन नसेकी निरसीलाई सहयोग जुट्दै
अन्तर्राष्ट्रिय समाचार
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?
- 2077/03/03 कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु, ८२ लाख ६५ हजारभन्दा बढी संक्रमित