News Category 2071/02/21

सहिद साकेत पार्क नजिक नमुना शौचालय निर्माण सुरु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० जेठ । 
राजविराजस्थित सहिद साकेत पार्कनजिकै सार्क राष्ट्रमै दोस्रो नमुना बालमैत्री, आपाङ्गमैत्री र लैङ्गिकमैत्री शौचालय निर्माण कार्य सुरु भएको छ ।
स्थानीय विकास मन्त्रालयको जगेडा कोषको सहयोगमा निर्माण कार्य सुरु भएको उक्त शौचालय सुरुमा राजविराजस्थित रुपनी मोडको छेउमा निर्माण गर्ने भनिए पनि राजविराज नगरपालिका र जिल्ला खेलकुद विकास समिति सप्तरीबीच जग्गाको विषयमा विवाद उत्पन्न भएपछि रोकिएको थियो । 
करिब रु १४ लाखको लागतमा राजविराज नगरपालिकाद्वारा निर्माण गरिने उक्त शौचालय जेठ महिनाभित्र सम्पन्न गरिने योजना रहेको सो नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङले जानकारी दिनुभयो ।
सो स्थानमा नमुना शौचालय निर्माणको काम सुरु हुनासाथ जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरूले उक्त जग्गा आफ्नो भएकाले तत्काल त्यसमा शौचालय निर्माण नगर्न नगरपालिका कार्यालयलाई दबाब दिएपछि शौचालय निर्माण रोकिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट