News Category 2077/10/19

एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह

दैनिक समाचारदाता

एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह

दैनिक समाचारदाता
राजविराज, १९ माघ । 
    एनप्यावशन सप्तरीले संस्थागत तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु विद्यालय छाड्ने तथा भर्ना हुने अवस्थामा स्थान्तरण प्रमाणपत्र बिना कुनै पनि विद्यालयलाई नाम दर्ता नगर्न आग्रह गरेको छ । 
    एनप्यावशन सप्तरीका अध्यक्ष नरेशप्रताप साहको अध्यक्षतमा सोमबार बसेको कार्यसमितिको बैठकले सो आग्रह गर्दै विभिनन निर्णय समेत गरेको छ ।
    बैठकले एउटा विद्यार्थीले सामुदायिक र संस्थागत दुबै विद्यालयबाट परिक्षा दिने परिपाटीलाई अन्त्य गर्ने उद्देश्यले जिल्लाको सबै १८ वटै पालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुबाट आधारभुत उत्तिर्ण परीक्षा कक्षा ८ तथा शैक्षिक सत्र २०७७ को परिक्षा एकै मिति र समयमा संचालन गर्न सबै पालिकाका शिक्षा शाखालाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट