News Category 2070/02/22

ठक्करले पतिको मृत्यु, पत्नी घाइते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजरिाज, २१ जेठ ।
सप्तरीको कुसहास्थित पूर्व पश्चिम राजमार्गमा बसले मंगलबार दिउँसो दिएको ठक्करबाट साइकलमा सबार पतिको मृत्यु भएको छ भने पत्नी गम्भीर घाइते भएकी छन् ।
कुसहा चोकमै बसले साइकललाई ठक्कर दिएको हो । ठक्करले साइकल चलाइरहेका सप्तरीको बनौली गाविस ९ निवासी बासुदेव रामको मृत्यु भएको छ भने पछाडि सबार निजकी पत्नी बिमला गम्भीर घाइते भएकी छिन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १२४७ नम्बरको यात्रुबाहक बसले दिएको ठक्करबाट गम्भीर घाइते भएका २३ बर्षीय रामलाई उपचारका लागि सिरहाको लहान लग्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गम्भीर घाइते भएकी उनकी पत्नी बिमलाको लहानमा उपचार भइरहेको छ ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट