News Category 2070/03/13

पति पत्नीबीच भएको विवादपछि कुटपिट हुँदा पाँच घाइते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ असार ।
सप्तरी सदरमुकाम राजविराजमा पति पत्नीबीच भएको विवादले उग्र रुप लिंदा भएको कुटपिटमा पाँच जना घाइते भएका छन् ।
पतिले पत्नीलाई कुट्न थालेपछि स्थानीय गाउँलेहरुबीच विवाद भएको हो । विवाद कुटपिटमा परिणत हुँदा राजविराज २ पडरियाका ५ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार स्थानीय पवन झाले आफ्नी पत्नीलाई कुटपिट गर्न थालेको अवस्थामा बचाउन जुटेका गाउँलेहरुबीच गएराति विवाद भएको थियो ।
कुटपिटमा परी ३८ बर्षीय नागेन्द्र झा, ३५ बर्षीय पुरन झा, २५ बर्षीय दिवाकर झा, ५२ बर्षीय ललितनारायण झा र २५ बर्षीय इस्लाम छन् । घाइते सबैको गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ ।
बारम्बार आफ्नी पत्नीलाई कुटपिट गर्दै आएका पवन झाले राति ८ बजेतिर पत्नीलाई कुट्न थालेपछि गाउँलेहरु जम्मा भएका थिए । शुरुमा विवाद साम्य भएपनि पछि फेरी केहि युवकहरु त्यहाँ पुगेर हो हल्ला गरेपछि कुटपिटकै स्थिति उत्पन्न भएको प्रहरीले जनाएको छ । पत्नी कुट्ने पवनलाई प्रहरीले राति नै नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेको छ ।

 

प्रतिकृया दिनुहोस

ताजा अपडेट