News Category 2071/02/21

टेम्पु पल्टि“दा चालकको मृत्यु

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २० जेठ । 
राजविराज तिलाठी सडकखण्डअन्तर्गत सप्तरीको बरही वीरपुर चोकमा सोमबारराति टेम्पु पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक सप्तरीको कोचाबखारी गाविस ५ लोखरमनिवासी ३२ वर्षीय दीपेन्द्र कामैत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
तिलाठी भन्सारबाट राजविराजतर्फ आउँदै गरेको स १ ह २५ नम्बरको टेम्पु बरही विरपुर चोकमा पल्टिँदा चालक कामैतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । 
सो दुर्घटनामा परी टेम्पुमा सवार राजविराज नगरपालिका १ निवासी ३५ वर्षीया पुनमकुमारी साहसहित दुईजना घाइते भएका छन् । घाइते दुवैको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट