News Category 2077/10/21

आगलागिमा दुई लाख बराबरको क्षति

दैनिक समाचारदाता

आगलागिमा दुई लाख बराबरको क्षति

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
    विद्यतुको तार सर्ट भई सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मंगलबार राती आगलागि हुँदा दुई लाख बराबरको क्षति भएको छ । 
    सो नगरपालिका २ बस्ने मो. रहमुलको ईट्टाको पर्खाल र एलबेष्टरले छाएको २ कोठे घरमा विद्युत मिटरको तार सर्ट भई आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    आगलागीबाट घरसहित घरमा जडान गरिएको विद्युत मिटर बक्स, ग्याँस सिलिण्डर, ग्याँस चुलो, राईसकुकर, भबलेट, चामललगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    स्थानियबासीको सहयोगमा उक्त आगोलाई पुर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट