News Category 2077/10/21

बाँसको झ्याङमा लुकाई राखेको  अवस्थामा गाजा बरामद 

दैनिक समाचारदाता

बाँसको झ्याङमा लुकाई राखेको  अवस्थामा गाजा बरामद 

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
    बाँसको झ्याङमा लुकाई राखेको अवस्थामा सशस्त्र प्रहरीले बुधबार बिहान ८ बजेतिर प्रतिबन्धित लागुऔषध गाजा बरामद गरेको छ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ सकरदही टोलस्थित एक बासको झ्याङमा परालले छोपिराखिएको अवस्थामा ४१ किलो गाजा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो । 
    भारतीय सीमा नजिकै पर्ने सो टोलस्थित बासको झ्याङमा गाजा लुकाई भण्डारण गर्ने र त्यसपछि प्रहरीलाई छल्दै ग्राहकसम्म पु¥याउने गरेको गोप्य सूचनाको आधारमा पुगेको सशस्त्र प्रहरीको टोलीले सो परिमाणको गाजा बरामद गरेको सशस्त्र प्रहरी बल नं. ६ हेड क्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् । 
    यता गाजा बरामदपछि सशस्त्र प्रहरीले सम्बन्धीत व्यक्तिहरुको खोजी गरिरहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट