News Category 2077/10/21

आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस

दैनिक समाचारदाता

आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले देशव्यापी आम हड्तालको घोषणा गरेको पूर्वसन्ध्यामा बुधबार साँझ राजविराजमा मसाल जुलस प्रदर्शन गरेको छ । 
    राजविराजस्थित नेकपाको पार्टी कार्यालयबाट निस्केको मसाल जुलुस नगर परिक्रमा गरेको थियो । नेकपा प्रचण्ड–नेपाल समूहले उक्त नियुक्तिको बिरोधमा बिहीबार देशव्यापी आम हड्तालको घोषण गरेको हो । 
    प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले बिहीबर हड्तालको घोषणा गरेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिएका छन् ।
    बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य तथा संघर्ष समितिकी सहसंयोजक भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरकुशता बढ्दै गएकाले त्यसलाई रोक्न हड्ताल गर्नुपरेको बताए ।
    यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द हुने भुसालले जानकारी दिदै त्रिविका धेरै तहका परीक्षा चलेकाले परीक्षा केन्द्र र परीक्षा दिन जाने विद्यार्थीका साधनलाई भने नरोकिने बताए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट