News Category 2077/10/21

डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला

दैनिक समाचारदाता

डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
    डेढ वर्षअघि हराएकी एक महिलाको बुधबार कंकाल फेला परेको छ । सप्तरीको राजगढ गाउँपालिका १ झुटकीकी ७५ वर्षिया राशोदेवी पण्डितको कंकाल फेला परेको हो । 
    बुधबार दिउँसो १ बजेतिर पोखरी जिर्णोधार गर्ने क्रममा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । वेपत्ता पण्डितको कंकाल भेटिएको खबर फैलिएपछि उक्त पोखरी किनारमा गाउँलेको भिड लागेको थियो ।
    घरदेखी तीन सय मिटर टाढा रहेको सार्वजनिक ठाडी पोखरी जिर्णोद्वारमा खटिएका मजदुरहरुले उनको शव सडेगलेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।  
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले कंकालमा भेटिएको लुगा र दातको आधारमा उनको आफन्तले सनाखत गरेपछि हराएकी महिला पण्डितको नै शव भएको पुष्टि भएको बताए । 
    उनका पति धनई तथा छोरा बुहारीले सनाखत गरेपछि सदगतका लागि जिम्मा लगाई यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानसिक सन्तुलन गुमाएकी पण्डित २०७६ साल साउन ३० गते देखी नै वेपत्ता भएकी थिइन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट