News Category 2077/10/23

आगो ताप्ने क्रममा एक बृद्धाको मृत्यु

दैनिक समाचारदाता

आगो ताप्ने क्रममा एक बृद्धाको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 
    सप्तरीको सुरुङ्गा नगरपालिकामा बिहीबार साँझ आगो ताप्ने क्रममा जलेर गम्भिर घाइते भएकी एक बृद्धाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । 
    चिसो छल्न बालिएको घुर ताप्ने क्रममा आगो लागेर गम्भिर घाइते भएकी उक्त नगरपालिका वडा नं.२ हर्दियाकी ७५ वर्षिया कमली देबि पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीका अनुसार आफनो घरमा घुर बाली ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा कम्मर भन्दा तल दुबै खुट्टा, घाँटी र ढाड जली घाईते भएकी पासवानको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । 
    अगोबाट जलेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागी सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएकोमा सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट