News Category 2077/10/23

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दैनिक समाचारदाता

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौना चौकमा कारको ठक्करबाट मोटरसाइकल चालकको शुक्रबार मृत्यु भएको छ । 
    पूर्बबाट पश्चिमतर्फ जादै गरेको बा.२ज. ४०४७ न.को कारले बिहीबार साँझ स.१०प. २७३३ न.को मोटरसाइकलमा सवार सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका वडा नं. १ बस्ने ६५ वर्षिय बहुरी चौधरीलाई ठक्कर दिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    कारको ठक्करबाट गम्भिर घाइते भएका उनको धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा  उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिएद्धका छन् । 
    ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट