News Category 2077/10/23

सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु

दैनिक समाचारदाता

सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 
    सप्तरीको पर्यटकीय स्थल कंचनरुप नगरपालिका वडा नं. ११ स्थित डेगंरीबाट पर्यटन क्षेत्र र व्यवसायलाई उकास्ने उद्देश्यले प्रदेश २ स्तरिय अभियान शुक्रबारदेखी सप्तरीबाट सुरु भएको छ । 
    नेपाल पर्यटन बोर्ड तथा आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश २ को संयुक्त आयोजनामा कोरोना महामारीका कारण संकटमा परेका पर्यटन क्षेत्र र व्यवसायीलाई अकास्न सो अभियान सुरु गरिएको हो ।
    प्रदेश २ स्तरिय परिचयात्मक भ्रमण कार्यक्रम नाम दिइएको सो अभियानको सुरुवात गर्दै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले पर्यटन क्षेत्रको अवस्था सुधारका लागि प्रदशे सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
    होटल पर्यटन व्यवसाय तथा सरोकारवालाको उलेख्य सहभागितामा सुरु भएको कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले पर्यटकीय स्थलको पहिचान गरि उक्त स्थलहरुलाई बेहुली झैं सिंगारिन सके मात्र पर्यटकीय क्षेत्र र त्यससँग आवद्ध व्यवसायको विकास सम्भव हुने उल्लेख गरे । 
    सोही क्रममा नेपाल पर्यटन बोर्डका अधिकृत सागर श्रेष्ठले सप्तरीबाट सुरु भएको अभियान प्रदेश २ का ८ वटै जिल्लामा पुग्ने जानकारी दिदै अभियानमा सम्मिलत टोली ८ वटै जिल्लाको पर्यटकीय स्थलमा पुगि पर्यटकीय स्थलको भ्रमण, वृत्तचित्र निर्माण र प्रचारप्रसारमा खट्ने कार्यक्रम तय रहेको बताए । 
    आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश २ का सहसंयोजक विष्णु साहको अध्यक्षतामा आयोजित कार्यक्रममा भ्रमण टोलीका संयोजक मोहन शर्मा लामिछाने, सदस्य शैलेश चौधरी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव लगायतले पनि बोल्दै पर्यटन क्षेत्र र यसमा आवद्ध व्यवसायको विकास र संरक्षणका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिएका थिए । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट