News Category 2077/10/23

प्रदेश २ सरकारद्वारा प्राधिकरण, काउन्सील र प्रवद्र्धन बोर्डका अध्यक्ष नियुक्त 

दैनिक समाचारदाता

प्रदेश २ सरकारद्वारा प्राधिकरण, काउन्सील र प्रवद्र्धन बोर्डका अध्यक्ष नियुक्त 

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 
    प्रदेश २ सरकारको शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले आमसंचार प्राधिकरण, मिडिया काउन्सिल र लोकसंचार प्रवद्र्धन बोर्डको अध्यक्ष नियुक्त गरेको छ ।
    प्रदेश सरकारले संचार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई नियुक्त गरेको हो ।
    नियुक्त भएका श्यामसुन्दर र शिबहरी सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् । मोरबैता भने सिरहा जिल्लाका बासिन्दा हुन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट