News Category 2077/10/23

मालपोतका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ 

दैनिक समाचारदाता

मालपोतका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ 

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 
    अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिदा लिदै मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्द्र ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादव पक्राउ गरेको छ ।
    सप्तरीको कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयका निमित्त प्रमुख ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादवलाई १५ हजार घुसका रकमसहित अख्तियार दूरुपयोग अनुसन्धान आयोग ईटहरीबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ ।
    प्रमुख ठाकुर र लेखापढी व्यवसायी यादवले सेवाग्राहीसँग जग्गाको नक्सा मिलाई दिन्छु भन्दै सो रकम लिएको आयोगले जनाएको छ । हनुमाननगर कंकालीनि नगरपालिका ३ निवासी सेवाग्रही शम्भु खिरहरी यादवसँग जग्गाको नक्सा बनाइदिने नाममा घुस वापत सो रकम लिएको खुलेको छ । 
    पक्राउ परेका ठाकुर र यादवलाई शुक्रबारै थप अनुसन्धानका लागि अख्तियार दूरुपयोग अनुसन्धान आयोग ईटहरी लगिएको श्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट