News Category 2077/10/23

जसपाको बिरोध प्रदर्शन

दैनिक समाचारदाता

जसपाको बिरोध प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 
    जनता समाजवादी पार्टी नेपाल सप्तरीले प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ ।
    स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको बिरोध प्रदर्शन नगर परिक्रमा पश्चात् स्थानिय नेता चौकमा बिरोध सभा गरेको छ । 
    आयोजित सभामा वक्ताहरुले प्रधानमन्त्रीको असंबैधानिक कदम अलोकतान्त्रिक भएको भन्दै सो कदम नसच्याए आन्दोलनबाटै संसद पुर्नवहाली गर्ने चेतावनी दिएका छन् । बिरोधसभामा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रिय सदस्य रेणु यादव, विद्यार्थी नेता किशोर कुमार यादव लगायतले मन्तव्य राखेका थिए । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि ओलीको उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भनी जसपाले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट