News Category 2077/10/23

प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन

दैनिक समाचारदाता

प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 
    नेकपा प्रचण्ड नेपाल पक्षधरले शुक्रबार राजविराजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ । 
    सो पक्षधरद्वारा बिहीबार गरेको आम हड्तालका क्रममा जनकपुरमा सो पक्षधरका नेता रामचन्द्र झा र मातृका यादवमाथी प्रहरीले गरेको दमनको बिरोधमा पुतला दहन गरिएको हो । 
    नेकपा प्रचण्ड नेपाल पक्षधरका नेता कार्यकर्ताहरुले स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निकालेको बिरोध जुलुस नेता चौकमा पुगेर कोण सभामा परिणत भएको थियो । उनीहरुले सोही स्थानमा प्रधानमन्त्रीको पुतला दहन गरेका थिए । 
    पुतला दहन पश्चात् आयोजित बिरोध सभामा पार्टीका प्रदेशसभा सदस्य महेश प्रसाद यादव, मजदुर नेता केदार देव, युवा संघका केन्द्रिय सदस्य निरञ्चन झा लगायतले प्रधानमन्त्रीको असंबैधानिक कदम तथा आम हड्तालका क्रममा प्रहरीले गरेको हस्तक्षेपको बिरोध गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट