News Category 2077/10/24

नविकरणमा देखिएका समस्या समाधान  गर्न सात जिल्लाका अध्यक्षको माग

दैनिक समाचारदाता

नविकरणमा देखिएका समस्या समाधान  गर्न सात जिल्लाका अध्यक्षको माग

    राजविराज÷नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सात जिल्लाका शाखा अध्यक्षहरुले प्रदेशिक समिति २ को कमिटिले शाखाहरुको अधिकारलाई कुण्ठित गरि विधान विपरित सदस्यता बितरण, नविकरण र थपघट गर्ने काम गरेको भन्दै त्यसलाई अविलम्ब सच्याउन माग गरेको छ ।
    सात जिल्लाका शाखा अध्यक्षहरुको शनिबार जनकपुरमा सम्पन्न बैठकले सो निर्णय गर्दै सदस्यता बितरण र नविकरणको सन्दर्भमा देखिएका समस्याहरु समाधान गर्न माग गरेको हो ।
    बैठकपछि शनिबारै धनुषाका जिल्ला अध्यक्ष अनिल मिश्र, रौतहटका रबन्द्रि साह, सप्तरीका जितेन्द्र खड्गा, सिरहाका दिनेश्वर गुप्ता, बाराका कमल उपाध्याय, पर्साका श्याम बन्जारा र सर्लाहीका विश्वनाथ ठाकुरद्वारा जारि संयुक्त विज्ञप्तिमार्फत नविकरणको सन्दर्भमा देखिएका समस्या समाधान नभए नेपाल पत्रकार महासंघ प्रदेश समिति २ को आगामी फागुन १ गते बिरगन्जमा हुने दोश्रो अधिवेशनमा सहभागि नहुने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट