News Category 2077/10/25

नवनियुक्त मिडिया काउन्सिल र संचार  प्राधिकरणका अध्यक्षद्वय सम्मानित 

दैनिक समाचारदाता

नवनियुक्त मिडिया काउन्सिल र संचार  प्राधिकरणका अध्यक्षद्वय सम्मानित 

दैनिक समाचारदाता
राजविराज, २५ माघ । 
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीले प्रदेश २ का नवनियुक्त मिडिया काउन्सिलका अध्यक्ष शिवहरी प्रसाद भट्टराई र संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवलाई आइतबार एक कार्यक्रमबीच सम्मान गरेको छ । 
    शाखाका अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दुबै जनालाई सम्मान गरिएको हो । 
    शाखाका अध्यक्ष जितेन्द्र खडगाले सप्तरीका समग्र पत्रकारहरुले गरेको योगदानको कदर गरेकोमा प्रदेश सरकारप्रति आभार व्यक्त गरे । 
    सो अवसरमा महासंघका उपाध्यक्ष सुधा देव, महासंघ प्रदेश समितिका सचिव रामनारायण विश्वास, प्रदेश सदस्य ललिता साह, पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, धनुषका पत्रकार श्यामसुन्दर शशी लगायत संचार माध्यममा कार्यरत संचारकर्मीहरुको उपस्थिती रहेको थियो । 
    सम्मानित हुने भट्टराई महासंघका संस्थापक अध्यक्ष हुन् भने यादव महासंघ सप्तरीको उपाध्यक्ष हुन् । भट्टराई र यादवलाई विहिवार प्रदेस सरकारले मिडिया काउन्सिल र संचार प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट