News Category 2071/02/23

कपडा व्यापारी दम्पत्तिको विभत्स हत्या

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज २२ जेठ । 
सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरमा बुधबारराति एक कपडा व्यापारी दम्पत्तिको विभत्स तरीकाले आफ्नै घरमा हत्या भएको छ । 
हनुमाननगर गाविस वडा नं. ५ घर भएका ५५ वर्षिय प्रेमसुद वेगवानी र उनको श्रीमती अन्दाजी ४५ वर्षिया सरोजदेवी वेगवानीको बुधबारराति अज्ञात व्यक्तिहरुले टाउँको र घाँटीमा धारिलो हतियार प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
स्थानीयवासीका अनुसार राति १० बजे छिमेकी घरबाट प्रवचन सुनेर प्रेमसुद आफ्नो घरमा प्रवेश गरेका थिए । त्यसपश्चात् बिहीबार बिहान ९ बजे दुध दिन आएका व्यक्तिले ढोका ढकढकाएपछि कोही पनि नआएकोले स्थानीयहरु मध्ये एकले भ¥याङ्ग लगाएर छतमाथी चढेर हेर्दा ढोका खुलेको र उनीहरु दुबैको लाश तल खाटमुनी छरिएको थियो । 
घटनाको बिरोधमा बिहीबार दिनभर हनुमाननगर बजार बन्द गरिएको छ भने स्थानीयहरुले प्रहरी प्रशासनको लापरवाहीले घटना भएको आरोप लगाएका छन् । 
केही दिनदेखी घरमा श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए । उनीहरुको दुई छोरा अध्ययनका लागि भारतको बेगलोरमा रहेका छन् । 
घटनास्थल भन्दा करिब १०० को दुरी मात्र इलाका प्रहरी कार्यालय हनुमाननगर रहेको छ । यता प्रहरीले घटनासम्बन्धी छानबिन सुरु गरिसकेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । 
स्थानीयहरुले घटनाको उच्चस्तरिय टोलीबाट छानबिन गर्नुपर्ने माग गर्दै प्रहरीलाई लाश उठाउन दिएका छैनन् । हत्या भएको स्थानमा प्रहरीले नाकाबन्दी गरेको छ । बिहीबार साँझ धरानबाट तालिम प्राप्त कुकुर आएपछि घटनाको थप अनुसन्धान थालिने प्रहरी उपरिक्षक अमात्यले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट