News Category 2077/10/25

विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन

दैनिक समाचारदाता

विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन

दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
    जनता समाजवादी पार्टी नेपाल सप्तरीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक निर्णयविरुद्ध आइतबार राजविराजमा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुतला दहन गरेको छ ।
    जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा राजविराजस्थित शिव मन्दिरबाट निस्केको बिरोध जुलुश बजार परिक्रमा गर्दै स्थानिय नेता चौकमा प्रधानमन्त्रीको पुतला दहन गरेको हो ।
    पुतला दहन पश्चात् आयोजित बिरोध सभामा वक्ताहरुले प्रधानमन्त्रीको असंबैधानिक कदम अलोकतान्त्रिक भएको भन्दै सो कदम नसच्याए आन्दोलनबाटै संसद पुर्नवहाली गर्ने चेतावनी दिएका छन् ।
    बिरोधसभामा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रिय सदस्य रेणु यादव, केन्द्रीय कार्यकारणी समिति सदस्य केशव झा लगायतले बोलेका थिए । 
    जसपा नेता रामप्रित यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर समिति अध्यक्ष अमरनाथ झा, रमिला साह, रंजित यादब, गुडु सिँह, लक्ष्मण यादब लगायतले संविधान तथा लोकतन्त्रको मर्यादा विपरित हैकमवादी शैलीमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी देश र जनताको इच्छा विपरित नयाँ निर्वाचनमा गर्न खोजिएको भन्दै बिरोध जनाएका थिए । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उक्त असंबैधानिक कदम अलोकतान्त्रिक र प्रतिगामी भन्दै जसपाले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट