News Category 2077/10/27

बलात्कार गरि फरार रहेका प्रतिवादी कारागार चलान

दैनिक समाचारदाता

बलात्कार गरि फरार रहेका प्रतिवादी कारागार चलान

दैनिक समाचारदाता 
राजविराज, २७ माघ ।
    डेढ वर्षअघि गाउँकै एक महिलालाई बलात्कार गरि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ कोचाबखारी बस्ने चन्दन भन्ने चन्द्रनारायण सदालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गाउँकै २३ वर्षिय महिलालाई २०७६ भदौं २५ गते राती घरमा कोही नभएको मौका छोपी बलात्कार गरि फरार रहेका सदा गोप्य सूचनाको आधारमा गाउँमै लुकी बसेको अवस्थामा पक्राउ परेका हुन् । 
    पक्राउपछि सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएका सदालाई पूर्पक्षका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट