News Category 2071/02/23

बलात्कृत बालिकाले न्याय पाइनन्

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज २२ जेठ । 
बलात्कृत एक बालिकाले न्याय नपाएको भन्दै संचारकर्मी समक्ष न्याय दिलाउन आग्रह गरेकी छिन् । 
कञ्चनरुप नगरपालिका वडा नं. १ निवासी १७ वर्षिया बालिकाका बुवा मोजिम शेखले बिहीबार शंकर उमाविमा पत्रकार सम्मेलनको आयोजना गरि बलात्कारी बिरुद्ध प्रहरीले समेत उजुरी दर्ता नगरेको जानकारी दिनुभएको छ । 
गत जेठ १२ गते राती स्थानीय रफिद शेखले आप्mना छोरीलाई घरमै बलात्कार गरेको जानकारी दिँदै बुबा मोजिमले रफिकलाई पक्राउ गरि स्थानियसमक्ष सार्वजनिक गरेका थिए । तर स्थानीय मसरुफ शेख, फिरगिं शेख लगायत ७ जनाले प्रहरीमा नगई स्थानीयस्तरबाट कुरा सल्टाउने आश्वाशन दिएको जानकारी दिनुभयो । 
यता ७ जना स्थानीयले बलात्कृत भएकी ती बालिकालाई बिबाह गराइ दिने भनेपछि ३ लाख भन्दा बढीको कागज गराएको जानकारी दिँदै उहाँले स्थानीयहरुले केटालाई भगाएको आरोप लगाएका छन् । 
इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गराउन जाँदा दर्ता नगरेको आरोप लगाइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट