News Category 2077/11/02

जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन

दैनिक समाचारदाता

जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन

दैनिक समाचारदाता
राजविराज, २ फागुन । 
    जिल्ला पञ्चायत सप्तरीका पूर्वसभापति एवं जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र झाको आइतबार ८५ वर्षको उमेरमा निधन भएको छ । 
    जिल्ला साविक मधवापुर गाविस वडा नं. ५, हाल हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ निवासी पूर्वसभापति झा केही दिनयता बिरामी परेका थिए । 
    उनको आइतबार बिहान ६ बजेतिर आफ्नै निवासमा निधन भएको हो । उनी विभिन्न संघसंस्थामा आवद्ध भई समाजसेवा गर्दै आएका थिए । 
    उनलाई अन्तिम श्रद्धाञ्जली दिन निवास स्थलमा सर्वसाधारण तथा विभिन्न राजनैतिक दलका नेताहरुको भिड लागेको छ । 
    यसैबीच जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले एक शोक वक्तव्य जारि गर्दै झाको निधनको खबरले जिल्ला समन्वय समिति परिवार अत्यन्त दुखित भएको जनाएका छन् । स्वर्गिय झाप्रति जिल्ला समन्वय समिति परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गरिएको छ । 
    यस्तै स्थानियवासी एवं काँग्रेसका पुराना नेता नागेन्द्र झाले अत्यन्तै सरल, राम्रा व्यक्तिको निधनले ठूलो क्षति भएको प्रतिक्रिया दिए ।
    घरमा परम्परागत संस्कार सकेपछि शवयात्रा गरि अन्त्येष्टि गरिने कार्यक्रम तय भएको स्व. झाका जेठा छोरा राकेशले बताए । झाका श्रीमती र दुई छोरा छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट