News Category 2077/11/04

लागुऔषधसहित पक्राउ परेका दुई जना पूर्पक्षका लागि कारागार चलानदैनिक समाचारदाता

दैनिक समाचारदाता

लागुऔषधसहित पक्राउ परेका दुई जना पूर्पक्षका लागि कारागार चलानदैनिक समाचारदाता

राजविराज, ४ फागुन । 
    सप्तरी प्रहरीले लागु औषधसहित पक्राउ गरेको दुई जनालाई मंगलबार जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ । 
    २०७७ मंसिर ८ गते जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १४ रामपुरमल्हनियाबाट लागुऔषधसहित पक्राउ परेका सप्तरीको महदेवा गाउँपालिका वडा नं. २ निवासी ३४ वर्षिय सन्तोष यादव र हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १४ रामपुरमल्हनिया निवासी ५०  वर्षिय बिरेन्द्र कुमार यादवलाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको हो । 
    भारतबाट नेपालतर्फ आउदै गरेको बा.९७ प.१४९७ नं को मोटरसाइकल शंका लागी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकल चालक सन्तोष यादब र पछाडी सवार बिरेन्द्र यादवको बिचमा राखिएको झोला भित्र लुकाई छिपाई राखिएको प्रतिबन्धित लागु औषध डायलेक्स डिसि १८ बोतल, डाएजेफाम ११, लिजेसिस ११, फेनागन नाइट्रोजन १० थान फेला पारेको थियो । 
    पक्राउ गरी लागु औषध मुद्दा चलाइएकाहरुलाई मंगलबार जिल्ला अदालत सप्तरीको आदेशम कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वरप्रसाद साले जानकारी दिएका छन् । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट