News Category 2077/11/04

कुखुरा र पोषण सामग्री बितरण

दैनिक समाचारदाता

कुखुरा र पोषण सामग्री बितरण

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 
    सप्तरीको महदेवा गाउँपालिकामा हरेक वडामा रहेका गर्भवती तथा कुपोषणमा परेका बालबालिकालाई सोमबार कुखुरा र हरलिक्स बितरण गरिएको छ ।
    छिन्नमसता बिकास सेवाले आयोजना गरेको कुखुरा तथा पोषण बितरण समहारोमा करिब ६ सय जना गर्भवती तथा कुपोषीत बालबालिकालाई कुखुरा र हरलिक्स बितरण गरिएको संस्थाका अध्यक्ष बिनोद साफीले जानकारी दिएका छन् । 
    महदेवा गाउँपालिकाका स्वास्थ्य संयोजक ललित यादवको प्रमुख अतिथियमा सम्पन्न भएको पोषण सेवा बितरण कार्यक्रममा वडा नं. १ देखि ६ सम्मका कुषोसित तथा गर्भवती महिलालाई कुखुरा र हरलिक्स बितरण गरेको हो ।
    सो क्रममा ६ सय पिस कुखुरा र ३ सय ८०  पिस हरलिक्स बितरण गरिएको छिन्नमस्ता बिकास सेवाले जनाएको छ । सो कार्यक्रममा महदेवा गाउँपालिकाका प्रमुख दिपक कुमार यादव र  सबै वडाका वडा अध्यक्ष सहितका उपस्थिति रहेको थियो ।
    त्यस्तै जिविकोपार्जनमा केही हदसम्म सहज हुने उद्देश्यले सप्तरीको महादेवा गाउँपालिकाका गरिब विपन्न परिवारलाई निःशुल्क बाख्रा समेत प्रदान गरिएको छ ।
    छिन्नमस्ता विकास कृषक समूहको आयोजनामा आयोजित कार्यक्रमका बीच गाउँपालिकाको सहयोगमा ४२ गरिब विपन्न परिवारलाई बाख्रा प्रदान गरेको थियो ।
    बाख्राकासाथै खोर तयार २–२ थान जस्ता पाता (टिन) र विउ पनि उपलब्ध गराइएको छ । बाख्रा पालन गरेर जिविकोपार्जनमा केही हदसम्म सहयोग हुने उद्देश्यले गरिब विपन्न परिवारलाई बाख्रा वितरण गरिएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट