News Category 2071/02/24

“मेरो घरमा चर्पी छ, यसमा मलाई गर्व छ”

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २३ जेठ । 
सरसफाइ सप्ताह अन्तरगत शुक्रबार दोश्रो दिन नगरको बिभिन्न स्थानमा प्रतिवद्धता ब्यानरमा नगरवासिबाट हस्ताक्षर गरेका छन् ।
“खुलादिसा मुक्त गर्दै अघि बढ््रयो नेपाल,सफा सुन्दर गाँउ सहर तराई, पहाड, हिमाल” भन्ने मुल नाराका साथ राजबिराज नगरपालिका तथा सबल नेपालद्धारा संचालित कार्यक्रममा नगरवासीले हस्ताक्षर गरेका हुन् । 
कार्यक्रम अन्र्तगत राजबिराज नगरपालिका कार्यालय तथा अदालत रोडमा “मेरो घरमा चर्पी छ, यसमा मलाई गर्व छ” भन्ने चेतना मुलक सन्देश तथा सबल नेपालको “जकर घरमे चर्पी नै, ओकर घरमे शादी नै” भन्ने नारा लेखिएको प्रतिवद्धता ब्यानरमा नगरवासिले हस्ताक्षर सहित राजबिराज नगरलाई खुल्ला दिसा मुक्त गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । 
गत २२ गते देखि संचालन भएको उक्त सरसफाइ सप्ताह अन्र्तगत शुक्रबार अर्थात तेश्रो दिन साबुनपानीले हातधुने बिधि बारे सार्वजनिक स्थलमा अभियान शिव मन्दिरमा संचालन गर्ने सबल नेपालका परमेश्वर कुमार झाले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट