News Category 2077/11/07

राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा 

दैनिक समाचारदाता

राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा 

दैनिक समाचारदाता
राजविराज, ७ फागुन । 
    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजविराज कारागारबाट एक महिलासहित १० जना कैदीबन्दीहरु शुक्रबार रिहा भएका छन् । 
    कम्तिमा ५० प्रतिशत कैद भुक्तानी गरिसकेका तथा राम्रो आचरण भएकाहरुलाई राष्ट्रपतिको सिफारिसमा बाँकी कैद मिनाह गरि रिहा गरिएको राजविराज कारागार प्रशासनले जनाएको छ । 
    रिहा हुनेहरुमा सवारी ज्यानका सर्वाधिक पाँच जना रहेका छन् भने कर्तव्य ज्यानका तीन र डाँका खुनी तथा बहुविवाहका एक/एक जना कैदीबन्दीहरु छन् । 
    कारागार कार्यालय सप्तरी राजविराजका खरीदार सन्दिप देवले दिएको जानकारी अनुसार सवारी ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका सप्तरीको रुपनी गाउँपालिका ५ का इसोहित हसन, छिन्नमस्ता गाउँपालिका ५ का गौतम शर्मा, खडक नगरपालिका ५ का सन्तोषकुमार साह, सुनसरीको इनरुवा ७ का रोशन थापा र सिरहाको कर्जनहा नगरपालिका ६ का सुरेन्द्र दास रिहा भएका छन् । 
    यस्तै कर्तव्य ज्यान मुद्दाका सर्लाहीको हंसपुर गाउँपालिका ५ की मन्जुदेवी यादव, सप्तरीको सप्तकोशी नगरपालिका ४ का कुमार बाँतर सरदार र बोदेबरसाइन नगरपालिका ४ का जितेन्द्र यादव रिहा भएका छन् । 
    यस्तै डाँका खुनी मुद्दाका झापाको मेची नगरपालिका २ का समिर अली तथा बहुविवाह मुद्दाका बोदेबरसाइन नगरपालिका ९ का विद्यानाथ साह रिहा भएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट