News Category 2077/11/11
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु

दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
चालु आर्थिक वर्षको सात महिनाको अवधीमा सप्तरी जिल्लामा ४ सय ८३ सवारी दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ ।
बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा चालक र सवारीधनी समेतको उपस्थितिमा आयोजना गरिएको सचेतना कार्यक्रममा सो जानकारी दिइएको हो ।
दुर्घटना न्युनिकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभुति गराउन आयोजित सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता भुवनेश्वर प्रसाद साहले प्रदेश २ को ८ वटै जिल्ला मध्ये सप्तरीमा बढी सवारी दुर्घटना भएको जानकारी दिए ।
उनले सवारी चालकहरुको लापरवाहीका कारणले बढी दुर्घटना हुने गरेको जानकारी दिदै सात महिनाको अवधीमा सवारी दुर्घटनामा परि ६ सय २४ सवारीसाधनमा क्षति तथा ६ सय ३० जना घाइते समेत भएको जानकारी दिए ।
सोही अवधीमा सवारी ऐन नियम विपरीत काम गर्ने चालक र सवारीधनीबाट जरिवाना बापत ७३ लाख २१ हजार रुँपैया राजश्व संकलन समेत गरिएको उनले बताए । सोमबार र मंगलबार दुई दिनमा गरि सवारी दर्ता किताब, नम्बर प्लेट, सवारी चालक अनुमती पत्र, सवारीको बिमा, आवश्यक कागजपत्रहरु नपाईएका ३५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाउँदै नियन्त्रणमा लिइएका ट्याक्टर र चालकलाई ५ सयदेखी २ हजारसम्म जरिवाना समेत गराइएको उनले बताए ।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रहरी निरिक्षक यमलाल बन्जाडेले सम्पुर्ण सवारी चालक र धनीहरूले कागज पत्रहरू बोकी मात्र सवारी चलाउन अनुरोध गरे । उनले दुर्घटना न्युनिकरणमा सवारी चालकहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै ट्राफिक ऐन नियमबारे प्रशिक्षण तथा सोको पालना गर्न आवश्यक जानकारी दिए । कार्यक्रममा चार दर्जन भन्दा बढी चालक, सहचालकका साथै सवारीधनीहरु पनि सहभागि थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/12/30 किसानलाई उत्पादनमूखी अनुदान दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
- 2077/12/30 कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न माओवादी केन्द्रको माग
- 2077/12/30 सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गसलाउञ्जमा विशेष छुट पाउने
- 2077/12/29 माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध तथा संगठन सुदृढिकरणका लागि दुई महिने अभियान चलाउने
- 2077/12/29 उच्च बार एशोसिएशनमा डिएलएको बर्चश्व
- 2077/12/28 पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
- 2077/12/28 दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो
- 2077/12/28 बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान
- 2077/12/27 पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण देव बिजयी
- 2077/12/25 नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै, सप्तरीमा श्रवण देव र मनोहर पोखरेलबीच प्रतिष्पर्धा
अन्तर्राष्ट्रिय समाचार
- 2077/12/13 चीनद्वारा बेलायती नागरिक र संस्थामाथि प्रतिबन्धहरु घोषणा
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?