News Category 2071/02/26

हनुमाननगर घटनाको विवरण सार्वजनिक गर्न पा“च दिनको समय जेठ ३० बाट संघर्षका कार्यक्रम हुने ः राजनीतिक दल

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २५ जेठ । 
हनुमाननगरका कपडा व्यापारी वेगवानी दम्पत्तिको हत्याको विषयमा आइतबार जिल्लाका राजनैतिक दल र गठित संघर्ष समितिबीच सम्पन्न बैठकले जेठ ३० गतेदेखी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । 
सम्पन्न बैठकपछि जारि संयुक्त प्रेस विज्ञप्तिमा स्थानीय प्रहरी प्रशासनले मौखिक रुपमा घटनाको अनुसन्धानका लागि ५ दिनको समय माग गरेकोले उक्त समय अवधीमा प्रशासनले घटनाको सत्थतथ्य सावजनिक नगरे जेठ ३० गतेदेखी चरणबद्ध संघर्षका कार्यक्रमहरु गर्ने चेतावनी दिइएको छ । 
संघर्षका कार्यक्रम अनुसार जेठ ३० गते हनुमाननगर बजार चोकमा कोणसभा, सोही दिन जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिउँसो २ देखी ४ बजेसम्म धर्ना बस्ने विज्ञप्तिमा उल्लेख छ । 
यसैगरि असार १ गते बिहान ८ बजे देखी १० बजेसम्म चक्काजाम र दिउँसो १ देखी ३ बजेसम्म हनुमाननगर बजार बन्द रहने, असार २ गते भारदह–हनुमाननगर–राजविराज सडक खण्डमा चक्का जाम तथा असार ३ गते उद्योग बाणिज्य संघ सप्तरीको अगुवाईमा राजविराज बजार बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । 
त्यसैगरि पहिलो चरणको संघर्षका कार्यक्रम अन्तरगत घटनाको सत्यतथ्य सार्वजनिक नगरिएमा असार ३ गते संघर्ष समितिको बैठक बसी दोश्रो चरणको संघर्षको कार्यक्रम सार्वजनि गर्ने विज्ञप्तिमा जनाइएको छ । 
स्थानिय शान्ति समितिको संयोजक दिगम्बर यादवको अध्यक्षतामा बसेको बैठकले विभन्न राजनितिक दलको रोहबरमा उक्त संघर्षका कार्यक्रमहरु गर्ने निर्णय गरिएको हो ।    
आफ्नै घरमा सुतिरहेको अवस्थामा बुधबारराति हनुमाननगर गाविस वडा नं. ५ निवासी ५५ वर्षिय प्रेमसुख वेगवानी र उनको श्रीमती ४५ वर्षिया सरोजदेवी वेगवानीको अज्ञात व्यक्तिहरुले टाउँको र घाँटीमा धारिलो हतियार प्रयोग गरि हत्या गरेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट