News Category 2077/11/13
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी
दैनिक समाचारदाता
राजबिराज, १३ फागुन ।
मेयर कप सप्तरी प्रिमियर लिगको (एसपीएल) को तेश्रो संस्करण आगामी चैत ५ गतेदेखी राजविराजमा सुरु हुने भएको छ ।
राजविराज नगरपालिकाको सहयोगमा आयोजना हुने उक्त प्रतियोगिताको सप्तरी क्रिकेट संघले आयोजन गर्दैछ ।
प्रतियोगितामा ५ वटा पÞ्रmेन्चाइज् टिमहरु सहभागीता रहने छन् । डिफेन्डिङ च्याम्पियन डाक्नेश्वरी ड्रागन, रुपनी राइडर्स, तिलाठी कोइलाडी, बोदेबर्साइन थन्डर्स र बजाज खडक वारियर्सको सहभागिता रहने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।
“बिगतको दुईवटा संस्करण भन्दा यस पटक प्रतियोगिता स्तरीय र भव्य हुनेछ, संघका अध्यक्ष श्रेष्ठले भने, प्रत्येक वर्ष आयोजनाको स्तर बढाउदै लगेका छौँ ।”
यस पटक लिगमा राष्ट्रिय खेलाडीहरुको संख्या बढ्ने बताउदै श्रेष्ठले एउटा टिमले अन्तिम ११ मा ५ जना जिल्ला बाहिरका खेलाडीहरु समाबेश गर्न पाउने प्रावधान रहने पनि जानकारी दिए ।
लिगको अघिल्लो संस्करण अन्तर्राष्ट्रिय खेलाडी महबुब आलमसहित राष्ट्रिय क्रिकेटरहरु सुनिल धमला, मन्जित श्रेष्ठ, राजेश पुलामी, नन्दन यादव, प्रेम तामाङ, हसिम अन्सारी, पुष्प थापा, अविनाश कर्ण, हरिशंकर शाह जस्ता राष्ट्रिय खेलाडीहरु लिगमा बिभिन्न टिममा आवद्ध रहेका थिए ।
अध्यक्ष श्रेष्ठका अनुसार यस पटकको प्रतियोगिताका लागि टिकटको व्यवस्था रहेको तथा ती खेलहरु स्थानिय राजरंगशालामा खेलाइने जानकारी दिए । यसअघि प्रतियोगिता पबि स्कुलको खेल मैदानमा आयोजना हुँदै आएको थियो ।
प्रतियोगिताको विजेता टिमले ३ लाख राशी पुरस्कार पाउने तथा अन्य पुरस्कारको रकममा समेत वृद्धि गरिने उनको भनाई छ । यसअघि बिजेता टिमका लागि १ लाख पुरस्कार राखिएको थियो ।
सप्तरी प्रिमियर लिगको पुरुष संस्करण पछि महिलाहरुको पनि लिग लगत्तै आयोजना हुने सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले जानकारी दिएका छन् । अघिल्लो संस्करण डाक्नेश्वरी ड्रागनले रुपनी राइडर्सलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
- 2081/01/07 सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
- 2081/01/07 राससले पायो लालपुर्जा
- 2081/01/07 वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान
- 2081/01/06 सार्वजनिक बिदाका दिनहरुमा पनि नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी सम्बन्धी सेवा प्रवाह हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ