News Category 2077/11/13

उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग

दैनिक समाचारदाता

उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग

दैनिक समाचारदाता
राजविराज, १३ फागुन । 
    राजविराज नगरपालिका १० दिघवाकी २५ वर्षिया निरसी खंगलाई उपचार खर्च जुटाउन समस्या परेको बेला सहयोग हातहरुले आर्थिक सहयोग उपलब्ध गराएका छन् । 
    गरिबीका कारण उपचार खर्च जुटाउन नसक्दा जिवनमरणको दोसाधमा रहेकी निरसी गत माघ १३ गते चिसो छल्न बालिएको घुरबाट सल्केको आगोले जलेर गम्भिर घाइते भएकी छिन् । उनको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । 
    यसैबीच बिहीबार बालाजी डेन्टल केयर प्रालिका निर्देशक विवेक झा र सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले अस्पतालमै पुगि १ हजार १ सयका दरले नगद सहयोग उपलब्ध गराएका छन् । 
    यस्तै बिहीबारै पार्थो सरकारले १ हजार १ सय, नन्द किशोर गुप्ताले ५ सय, रामकृष्ण रजक तथा ओमप्रकाश यादवले १/१ सय आर्थिक सहयोग प्रदान गरेका छन् । 
    ऐलानी जग्गामा बसोवास गर्दै आएका चार वर्षिय छोरीकी आमा खंग मजदुरी गरेर गुजारा चलाउँदै आएकी थिइन् । पति राजाराम पनि अर्काको घर र खेतमा काम गर्दै आएका थिए । तर, विगत एक महिनादेखी पत्नि अस्पतालमा धर्ना भएपछि रेखदेखमै खटिनु परेकाले राजारामको पनि आम्दानीको सबै बाटो बन्द भएको छ । 
    जसकारण उपचारका लागि अस्पतालमा भर्ना रहेकी पत्निको उपचार खर्च जुटाउन र हातमुख जोड्न समेत समस्या भएको समाचार यस दैनिकमा प्रकाशित भएपछि अहिले सहयोगि हातहरु उनलाई आर्थिक सहयोग गर्न बढीरहेका छन् । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट