News Category 2077/11/16

सिटभन्दा तेब्बर आवेदन परेपछि परीक्षा

दैनिक समाचारदाता

सिटभन्दा तेब्बर आवेदन परेपछि परीक्षा

   राजविराज/राजविराजस्थित क्षितिज कलेजमा भर्नाका लागि तोकिएको कोटाभन्दा तेब्बर आवेदन परेपछि कलेज प्रशासनले परीक्षा प्रणाली अपनाएर समाधानको प्रयास गरेको छ ।
    व्यवस्थापन संकाय (बीबीए) तर्फ ४० जना विद्यार्थीको कोटा मात्र रहेकोमा १ सय ३० जनाले आवेदन दिएपछि कलेजले परीक्षा प्रणाली अपनाएर समाधानको प्रयास गरेको हो । 
    यसका लागि कलेजले शनिवार परीक्षा लिएको छ । परीक्षा लिएर छनौट गर्नुको विकल्प थिएन, प्रिन्सिपल गोपाल दासले भने ‘विद्यार्थीको बढ्दो चापलाई ध्यानमा राख्दै आगामी दिनमा सिट संख्या बढाउन अनुमतिका लागि सम्बन्धित निकायमा पहल शुरु गरिसकेका छौ । 
    विगत १० वर्षदेखि सञ्चालनमा रहेको सो कलेजले उत्कृष्ट नतिजा दिन थालेपछि यसतर्फ विद्यार्थीको आकर्षण बढेको स्थानीय अभिभावकहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट