News Category 2077/11/16

चन्द समूहका जनसत्ता प्रमुखसहित तीन नेता पक्राउ

दैनिक समाचारदाता

चन्द समूहका जनसत्ता प्रमुखसहित तीन नेता पक्राउ

    राजविराज/सप्तरी प्रहरीले प्रतिबन्धित दल नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ । 
    गोप्य सूचनाका आधारमा जिल्लाको विभिन्न स्थानमा छापामारि शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् । 
    पक्राउ पर्नेमा चन्द समूहका सप्तरी जनसत्ता प्रमुख सप्तरीको सडक नगरपालिका ३ बनरझुला टोल बस्ने ५२ वर्षिय आर्दश उपनामका रामनाथ मण्डल छन् ।
    यस्तै पक्राउ पर्ने अन्यहरुमा चन्द समूहका सप्तरी–सिरहा जिल्ला कार्यसमिति सदस्य राजविराज नगरपालिका ४ निवासी उदय भनिने उदयनारायण मण्डल र विष्णुपुर गाउँपालिका १ निवासी २५ वर्षिय रामकृष्ण मण्डल छन् ।
    विभिन्न व्यक्तिलाई फोन गरि चन्दाका लागि धम्क्याउने समेत गरेको सूचनापछि उनीहरुमाथी निगरानी बढाइएको र सोही क्रममा पक्राउ गरिएको डिएसपी साहको भनाई छ । 
    पक्राउ परेकाहरुका साथबाट तीन थान मोबाइल, आर्थिक सहयोग माग गर्न धम्कीपूर्ण भाषामा लेखिएर तयार गरिएको पत्रहरु, अखिल नेपाल महिला संघ क्रान्तिकारी र यूवा संगठन नेपाल लेखिएको लेटर प्याड तथा साधारण सदस्यता रसिदको ठेलीका साथै विभिन्न पुस्तकलगायतका पनि बरामद गरिएको जानकारी दिँदै डिएसपी साहले पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट