News Category 2070/03/13

विवाह गरेको भोलिपल्टै बेहुला बन्धक, प्रहरीले गरायो मुक्त

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ असार ।
सामाजिक परम्परा अनुसार विवाह गरेको भोलिपल्टै सप्तरीको एक युवकलाई बन्धक बनाइएको छ । हात, खुट्टा बाँधेर तथा मुखमा कपड खोचेर बन्धक बनाइएका युवकलाई प्रहरीले मुक्त गराएको छ ।
जिल्लाको लालापट्टी गाविसका युवकले नर्घाे गाविसकी युवतीलाई विवाह गरी ल्याएर घरमा राखेकै दिन उनी बन्धक बनाइएको अवस्थामा फेला परेका हुन् । मुखमा लागेको पट्टीलाई युवकले दाँतबाट काटेर चिच्याएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । पछि वड प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई मुक्त गराएको हो ।
लालापटट्ी गाविस ३ बस्ने २२ बर्षीय शाकेश पण्डित विवाह गरेको भोलिपल्टै राजविराज ६ स्थित पाठक निवासमा बन्धक बनाइएको अवस्थामा फेला परेका हुन् ।
सोमबार रााति नर्घाे गाविसकी एक युवतीसँग सामाजिक परम्परा अनुसार विवाह गरेका शाकेशलाई बन्धक बनाउने युवकको पहिचान हुन सकेको छैन् ।
बन्धक मुक्त भएका शाकेशले आफ्नी श्रीमतिसँगै लोकन्तीमा आएका युवकले राजविराजसम्म छाडिदिन आग्रह गरेपछि मोटरसाइकलमा लिएर आएको बताए । उनले राजविराज आएपछि ती युवकले आफ्नो कोठाभित्र जान आग्रह गर्दै लिएर गएको बताए । कोठाभित्र गएपछि पानी खान दिएको र केहि बेरमै अन्य युवकहरुलाई बोलाएर आफ्नो हातखुट्टा बाँध्दै मुखमा कपडा कोचेको शाकेशले जानकारी दिए ।
दिउँसो २ बजेतिर बन्धकमा परेर राति ६ बजेतिर बल्लतल्ल मुखभित्रको कपडा दाँतले च्यात्दै फयाँकेर चिच्याएपछि स्थानीयहरुले प्रहरी मार्फत उद्धार गराएको उनको भनाई छ ।
श्रीमतिको लोकन्ति आएका व्यक्तिको नाम समेत थाहा नभएका शाकेशले उनलाई छोड्न राजविराज आएका थिए । ती युवकको नाम थाहा हुन नसकेपनि बन्धक बनाइएकै कोठाभित्र रहेको फोटा एल्बमबाट उनको तस्वीर निकालिएको छ । तस्वीरको मद्दतले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसो गर्नुको कारण खुल्न नसकेपनि बन्धक बनाउने युवक शाकेशले विवाह गरेको युवतीको पूर्व प्रेमी हुन सक्ने प्रहरीको आशंका रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट